पहिलो गीत “मेरो मायामा” लिएर नेपाली सांगीतिक नछेत्रमा प्रवेश गरेका अस्ट्रेलियाको सिड्नी निवासी गायक सञ्जीव खरेलले आफ्नै एकल स्वर, शब्द र संगीतमा नयाँ गीत ” बादल ” लिएर नेपाली दर्शक माझ ल्याएका छन ।
करिव २ वर्ष पछी गायक सञ्जीव खरेलले आफ्नो नयाँ गीत ” बादल ” लिएर स्राेता दर्शक माझ आएका छन। यसअघि उनले ” मेरो मायामा ” बोलको गीत सार्वजनिक गरिसकेका छन। बादल बोलको नयाँ गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन ।
पूर्वी नेपालको इलामको चिया बगान लगायतका सुन्दर ठाउहरुमा छायांकन गरिएको गीतको भिडियोलाइ बुद्ध लामाले खिचेको हुन भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन। श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो।
भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। बिराटनगर स्थायी घर भइ हाल अस्ट्रेलियाको सिड्नी रहेका गायक खरेललाइ हाम्रो तर्फबाट सफलताको शुभकामना छ ।

https://www.youtube.com/watch?v=o8XyynYQr7o

तपाईको प्रतिक्रिया