नेपाली सिनेमा क्षेत्रमा लोकप्रिय अनि अहिलेका महंगा अनि व्यस्त नायक हुन प्रदिप खड्का । लाखौँ युवायुवतीहरुको ढुकढुकी बनेका प्रदिप आजबाट २८ औँँ बसन्तमा प्रबेश गरेका छन् । ललितपुरको कुसुन्तीमा जन्मिएका प्रदिपले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए सकाएका छन् । उनले मार्केटिङमा मास्टर्स गरेका हुन् । पर्दामा आफुलाई देखाउन मन गरेका प्रदिपले आज जुन स्थान पाएका छन् त्यो स्थान कम दुख र संघर्षले पाएका होईनन् । सुरुवातमा उनी आरजे बन्न चाहान्थे । सुरुवातमा रेडियो जकी बन्ने सपना बुनेर हिडेका उनले काम त गरे तर कसैले पनि आरजे बन्ने मौका भने दिएनन । त्यसपछि पनि उनले टेलिभिजनमा पनि काम गरे तर त्यहाँ पनि उनलाई पर्दामा मौका मिलेन । बरु मार्केटिङमा हिडाईयो । तर पनि उनको रहर र लक्ष्य पनि बढ्दै गयो ।

म्युजिक भिडियोप्रति पनि चासो राख्दै अगाडी बढेका प्रदिपको भाग्यले भने उनलाई सिनेमा क्षेत्रमा डोहो¥यायो फिल्ममा अभिनय गर्ने सपना बुनेका उनले सुरुवाती दिनमा ठक्कर पनि खाए । सुरुवातमा ठुलो मान्छे फिल्म बनाएका उनले त्यसपछि ‘स्केप’ बाट डेब्यु गरे । जुन फिल्मबाट प्रदिपले नराम्रो अनुभव बटुल्न प¥यो । भनिन्छ नी सुरुमा तितो पछि मिठो । यस्तै भयो प्रदिपलाई । आर जे बन्न नसकेका उनै प्रदिप आज सर्वाधिक पारिश्रृमिक नायक मा पर्ने गर्छन् । कुनै समय अष्ट्रेलिया र अमेरिकाका लागि ट्रयाई गरीरहेका प्रदिपको भाग्य भने प्रेम गीतले रातारात बदल्यो । अष्ट्रेलिया जान ठिक्क परेका प्रदिपलाई यही फिल्मले स्टार बनाईदियो ।

यो फिल्मबाट उनले लाखौँ दर्शकहरुको मायामात्र पाएनन् आज ४० लाख माथि पारिश्रृमिक लिने महंगा नायक पनि हुन् । प्रदिपलाई लिए फिल्मको लगानी सुरक्षित हुन्छ भन्ने मान्यताकै कारण उनलाई फिल्ममा लिन चाहाने मेकर्सको कमी छैन । उनको ४/ ५ वटा फिल्म पाईपलाईनमा रहेका छन् । उनले कयौ अवार्डहरु समेत हात पारेका छन् । ‘फान अवार्ड २०७३’ मा ‘स्टार अफ द ईयर’ घोषित भएका उनले ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा पपुलर नायकको अवार्ड चुमेका थिए । यस्तै, पहिलो ‘एलजी फिल्म अवार्ड’ मा फिल्म ‘प्रेमगीत’ बाट उनले अभिनेत्री पूजा शर्मासँग उत्कृष्ट जोडीको अवार्ड उचालेका छन् । उनले अहिलेसम्म कुनै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न भने सकेका छैनन् ।

व्याक टु व्याक हिट फिल्म दिईरहेका प्रदिपको पछिल्लो रिलिज फिल्म रोज असफल भएपछि उनी निर्देशक र स्क्रिप्ट छनौटमा निकै सजग बनिरहेका छन् । त्यसैले पनि उनलाई मनाउन यतिबेला निर्माता निर्देशकहरुलाई कम गाह्रो छैन । यतिबेला आफनै निर्माणमा बनेको फिल्म लभस्टेशनको प्रमोसनमा व्यस्त रहेका प्रदिपको नाम नायिका जसिता गुरुङसंग पनि जोडिएको छ । तर यी दुबैले उक्त सम्बन्धलाई भने अस्वीकार गर्दे आईरहेका छन् । पर्दामा यी दुईको जोडी निकै रुचाईएको कारण पनि लभ स्टेशन यतिबेला चर्चामा रहेको फिल्म हो जुन चैत्र २२ मा रिलिज हुँदैछ । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शकहरुलाई हलसम्म तान्न सफल नायक प्रदिपलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

तपाईको प्रतिक्रिया