साउथका नायक प्रभाष बाहुबली भन्दा अघि पनि चर्चामा रहेका नायक हुन तर उनलाई जुन नेम र फेम बाहुबलीले दियो त्यो अन्य फिल्मले दिएन । सोही फिल्मको सफलतापछि प्रभाष साउथमा मात्र होईन बलिउडमा समेत उनलाई काम गराउन धेरै ललायित भए । सबै चाहना पुरा नभए पनि प्रभाषलाई बलिउड फिल्ममा हेर्ने चाहाना भने पुरा हुँदैछ बहुप्रतिक्षित फिल्म साहोबाट । यही फिल्मबाट बलिउडमा समेत डेब्यु गर्ने तयारीमा रहेका प्रभाषलाई ठुलो चुनौती पनि छ किनकी उनले बाहुबली जति कै नभए पनि सोही लेभलको फिल्म दर्शकमाझ ल्याउनु । यही कारण साहोको निर्माणमा निर्माण टिमले कुनै कसर बाँकी राखिरहेका छैनन् ।

३ सय करोडको बजेटमा निर्माण भईरहेको यस फिल्मका लागि निर्माताले पैसा पानी जसरी बगाईरहेका छन् । एक्सन सिनमा मात्र फिल्मले ९० करोड खर्च गरेको छ । साहोको एक्सन सिक्वेन्समा मात्र ९० करोड खर्च हुन्छ भने यो फिल्म कस्तो बन्दैछ भन्ने अन्दाजी जो कोहीले लगाउन सक्छ । साहोको एक्सनमा वास्तबिक सिन निर्माण गर्नका निम्ति ३७ वटा कार र ५ वटा ट्रकहरु प्रयोग भएका थिए ।

स्पेशन भिज्वेल इफेक्टले वास्तविक दृश्यको आभाष नगराउने कारणले यस्तो गरिएको बताइएको छ । त्यतीमात्र होईन फिल्मको इन्टरवल सिक्वेन्सको लागि मात्र पनि ३० करोड खर्च गरिएको मिडियाले उल्लेख गरेका छन् । साहोमा प्रभाषको अहिलेसम्म कै खतरनाक एक्सन दृश्यहरु समाबेश गरिएको बताईएको छ । फिल्ममा यतिधेरै लगानी हुन र बाहुबलीको रेकर्डको कारण नै प्रभाषमाथि चुनौती भने झनै बढेको छ । ऋद्धा कपुरको समेत अभिनय रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका छन् । फिल्म १५ अगस्टमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया