एजेन्सी – बलिउड अभिनेता गोविन्दाको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेक बन्ने भएको छ । उक्त रिमेकमा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।निर्माण पक्ष र अभिनेत्री साराबीच यस चलचित्रका लागि औपचारिक सम्झौतासमेत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डेबिड धवनले निर्देशन गरेको ‘कुल्ली नम्बर १’ को रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । यस चलचित्रका लागि पहिले अभिनेत्री आलिया भट्टलाई अफर गरिएको थियो ।आन्तरिक विषयमा कुरा नमिल्दा उनले यसमा काम नगरेको जनाइएको छ । आलियासँग कुरा नमिलेपछि सारालाई अफर गरिएको थियो ।

अहिले अभिनेता वरुण चलचित्र ‘कंलक’ को प्रचार र ‘स्ट्रिड डान्सर ३’ को छायांकनमा व्यस्त छन् । त्यस्तै, अभिनेत्री सारा ‘लभ आजकल २’ को छायांकनमा व्यस्त छिन् ।‘कुल्ली नम्बर १’ को छायांकन वरुण र साराले हाल काम गरिरहेका चलचित्रको छायांकन सकिएपछि सुरु हुने खबर सार्वजनिक भएका छन् ।
o

तपाईको प्रतिक्रिया