राजु बोहरा–काठमाडौँ । मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य प्रबासीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने गीत बजारमा ल्याएका छन् । उक्त गीत “आफु त हजुर भैयो परदेशी” बोलको रहेको छ । पछिल्लो समयमा स्वदेशमा भएको व्यरोजगारीको समस्याको कारण धेरै नेपालीहरु बिदेशिन बाध्य बनिरहेका छन् । तर त्यहाँ पुगेर पनि अर्कैको खटनमा रहेर सोचे जस्तो काम नपाउने र आफ्नै गाउँ घर तथा परिवारको यादले सताइ रहंदा पनि उनीहरुको दैनिकी निकै कष्टकर बनिरहेको हुन्छ ।

यस्तै पेरिफेरीमा तयार भएको यस गीतमा उनै गायक इशान बसन्तको कर्णप्रिय स्वर रहेको छ । नेपाली गित संगीतको क्षेत्रमा एक स्थापित नाम बन्ने प्रयासमा लागेका इशानको स्वरले सजिएको यस गीतलाई शब्द संगीत बिकाश चौधरीले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै मन छुने बनेको छ । भिडियोमा अर्जुना राई, शुभम चामलिंग राई र निश्चल चामलिंग राईको अभिनय देख्न सकिन्छ । “आफु त हजुर भैयो परदेशी” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन छायांकन तथा सम्पादन बिनोद बिनिरजारा राईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया