Flash

SEE TOP MODEL ICON 2019’ हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘SEE TOP MODEL ICON 2019’ को बारेमा जानकारी गराइयो । Galaxy Multi Media & Events ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा एसइइ दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । काठमाडौँ र दमौलीमा हुने उक्त प्रतियोगितामा सहभागी हुन चाहनेको लागि रजिस्ट्रेसन खुल्ला गरिएको छ । कार्यक्रम राजधानी काठमाडौँ र दमौलीमा छुट्टा छुट्टै मितिमा हुनेछ । हिजो आज सौन्दर्य प्रतियोगिताहरु धेरै नै हुने गरेका छन्। ति प्रतियोगिताहरु सबैको आ आफ्नो उदेश्य र ढांचा हुन्छन । यस कार्यक्रमको मुख्य उदेश्य भनेको एसइइ दिएका बिद्यार्थीहरुको क्षमता बृद्दी संगै प्लस टु अध्ययनको लागि सहयोग पुर्याउनु रहेको छ । काठमाडौँ अडिसन चैत्र २९ र ३० गते र बैशाख ३ गते हुनेछ भने दमौली अडिसन चैत्र २५ र २६ गते हुने आयोजकले जानकारी दिएको छ ।

‘SEE TOP MODEL ICON 2019’ सहभागी हुन चाहनेले आफ्नो SMS मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । काठमाडौँमा हुने अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ त्यस्तै दमौली अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM2 Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ।

प्रतियोगितामा विजेताले स्कुटर,नगद १ लाख,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति,बृज कोर्स,अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य थुप्रै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । द्वितीय हुनेले नगद १ लाख १० हजार,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन । सम्पूर्ण सहभागीले प्लस पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । काठमाडौँमा हुने कार्यक्रमको लागि पुष्पलाल मेमोरियल कलेजले मुख्य प्रायोजन गरेको छ भने दमौलीमा हुने कार्यक्रमको लागि परासर कलेजले मुख्य प्रायोजन गरेको छ । कार्यक्रमको फाइनल प्रतिस्पर्धा जेष्ठ महिनाको अन्त्य तिर हुने इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए ।

 

Published date : २०७५-फाल्गुन-२९ १२:५२

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]