काठमान्डाँै
नेवा गु्रपद्धारा होलीको शुभ कामना ब्यक्त गरेको छ । निरन्तर सामाजिक कार्यक्रम गदैँ आएको सस्थाले आपसमा मिलेर सौहदाता पुर्वक होली खेल्न आग्रह समेत गरेको छ । बर्ष दिनभरिका पिडालाई भुल्दै दाजु दिदी तथा भाई बहिनीमा मिलेर मनाउनुको आनन्द नै फरक हुने गरेको सो सस्थाका अध्यक्ष आर्यन श्रेष्ठले बताउनुभयो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउनुभएको उहाँ द्धारा जारी शुभकामना सन्देशमा ब्यक्त गरिएको छ ।
उहाले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् संवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँ नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरुले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गर्नुभएको छ ।

विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरुलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गरिएको स्पष्ट पार्दै उहाँले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गरेको बताउनुभएको छ ।

फागुपुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥र्याओस् भन्ने शुभेच्छा पनी सो समुहले ब्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया