नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक सफल र धेरै कलेक्सन गर्न सफल फिल्म हो छक्का पञ्जा २ । कमेडीधारमा निर्माण भएको यस फिल्मले धेरै दर्शकहरुको मन जितेको थियो । सोही कारण पनि निर्माण टिमले छक्का पञ्जा २ पुन: रिलिज गर्ने घोषणा गरेको थियो । फिल्म बैसाख १३ मा रिलिज हुदैछ । सो मितीमा हलिउडको चर्चित अनि प्रतिक्षित फिल्म एभेन्जरः इन्ड गेम रिलिज हुने भएपछि कुनै पनि नेपाली फिल्म रिलिज नहुने भयो । सोही कारण छक्का पञ्जा २ रिलिज हुन लागिरहेको हो । युट्युवमा रिलिज नभएको यो फिल्म पुन: रिलिज गर्ने निर्माण टिमको घोषणापछि धेरैले दिपक दीपामाथि गाली बर्साए ।


उनीहरु पैसा मुखी भएको आरोप लगाउँदै अधिकांशले गाली गरे । तर निर्माण टिमले फिल्म पुन: रिलिज गर्नुको उदेश्य आर्थिक लाभ भन्दा पनि सामाजिक कामका लागि भएको बताईएको छ । निर्माण टिमले छक्का पञ्जा २ को पुन: रिलिज पछि उठेको रकमको ठुलो हिस्सा परोपकारी काममा लगाउने घोषणा गरेको छ । रिलिजपछि उठेको रकम चर्चित सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा दुर्गम जिल्ला कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि सहयोग गर्ने घोषणा गरेको हो ।

दिपक दीपाले पुन: रिलिज हुने छक्का पञ्जा २ मा नयाँ दृश्यहरु पनि हेर्न पाउने जानकारी दिएका छन् । त्यसोत छक्का पञ्जा टिमले यसअघि पनि परोपकारी कामहरु गर्दे आईरहेको छ । काभ्रेको पनौतीमा एम्बुलेन्स बितरण , बृद्धा आश्रृममा सहयोग लगायतका कामहरु टिमले गर्दे आईरहेको छ । केही समय अगाडीमात्र पनि छक्का पञ्जा टिमले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ रू १ लाख ११ हज़ार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया