विभिन्न मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता व्यवस्थापन गर्दै आएका संस्थाहरुको छाता संगठनका रुपमा कार्यक्रम व्यवस्थापन संघ, नेपाल (इमान) को औपचारिक गठन भएको छ । संघको अध्यक्षमा लवकुमार कार्की छानिएका छन् ।
शनिबार वानेश्वरमा आयोजित कार्यक्रममा पूर्वपर्यटन तथा संस्कृतीमन्त्री कृपाशुर शेर्पाले संघको औपचारिक स्थापना भएको घोषणा गरे । उनले संघका पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।पूर्वमन्त्री शेर्पाले कार्यक्रम व्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै संघले आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी बनाउन अभिप्रेरित गर्नुपर्ने बताए ।
संघका अध्यक्ष कार्कीले मनोरन्जन क्षेत्रमध्ये पनि सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टले समाज परिर्वतन सँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको धारणा राखे । संघका प्रवक्ता सरोज ओझाले संघ स्थापना गर्नुको उदेश्य बारेमा पत्रकारहरुले राखेको सवालको जवाफ दिएका थिए ।
त्यस्तै सचिव सोनित राज ढुंगेलले गत चैत्र ०७ गते नुवाकोटको बिदुर नगरपालिका ३ स्थित चन्डी आधारभुत विद्यालयमा मिलाप फाउण्डेसनसँगको सहकार्यमा १५२ जना विद्यार्थीहरुलाई संघले खेलकुद एवं स्टेशनरी सामग्री तथा ब्याग वितरण गरेको जानकारी दिदै आउने दिनमा अन्य सहयोगलाई पनि निरन्तरता दिने जानकरी दिनु भयो सचिव ढुंगेल भवानी इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक समेत हुन् ।
संघको कार्यसमितिमा उपाध्यक्ष शान्ताकुमारी तामाङ र महासचिव सावित्री ढुंगाना छानिएका छन् । यसैगरी सचिव सोनित राज ढुंगेल, सहसचिव डेविल सिंह राजपुत, कोषाध्यक्ष राज लुईंटेल र सहकोषाध्यक्ष टेकराज पाण्डे रहेका छन् । यस्तै, सदस्यरुमा मोनित महर्जन, तृष्णा गुरुङ्ग, प्रदिप राज वन्त, सुरज थापा, सपना राईलगायत छन् ।

तपाईको प्रतिक्रिया