शहिद परिवारको शिक्षाको लागी ‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायिका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरीने भएको हो ।
गायिका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ । गायीका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजीक सेवाको औपचारीक सुरुवात गर्दै ‘मिलन च्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी ३० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन् ।
अग्रगामी समुह बेलायत, आदीबासी चलचीत्र महासंघ बेलायत र मिलन च्यारीटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलीत रकम बिद्यालयका बालबालीकाको अध्ययनका लागि खर्च हुने छ ।
शहिद तथा बेपत्ता परिवारका बिद्यार्थीहरु लक्षीत गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलीयतमा अध्ययन गरीरहेका छन् । गायिका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमित सहयोग गर्दै आएकी छन ।
पवित्र उदेश्यको लागि आयोजना गरिएको यस साँगीतिक साँझमा गायिका नेवारले कार्यक्रममा दर्शक तथा स्रोतामा उल्लेखनीय उपस्थित हुनका लागि सबैमा अनुरोध गरेकी छिन् ।

तपाईको प्रतिक्रिया