आर पोखरेल, काठमान्डौँ ।
लोक लय तथा डान्सिङ गीतहरुका लागि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका गायक टंक तिमिल्सिना अभिनय तर्फ पनि मोडिएका छन् । आफ्नै केहि गीतहरुमा पनि मोडलको रुपमा देखिएका उनी पछिल्लो समय सार्बजनिक एक भिडियोमा सोलो मोडलको रुपमा देखिएका छन् ।
भर्खरै सार्बजनिक भएको ‘बैँस उमेर’ बोलको भिडियोमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन् । उक्त भिडियोको गीतमा टंक तिमिल्सिना र गायिका इरानी बम र गायिका स्मिृती शाहीको स्वरमा रहेको छ भने शब्द टंक र जिवन शाही र टंक स्यमले संगीत गरेका छन ।
डान्सिङ बिटको गीतको भिडियोमा टंक तिमिल्सिनालाई करिष्मा ढकालले साथ दिएकी छन । डान्सिङ विटमा तयारमा तयार पारिएको भिडियोलाई निकै आर्कर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोको छायाँकन सुरेश श्रेष्ठ , सम्पादन दिपक विष्ट र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
“बैंस उमेर “ हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया