सामाजिक सञ्जालमा निकै भाइरल बनेका व्यक्ति हुन भिम बहादुर बि.क । आर्थिक सकंलन गर्दे जीविकोपार्जन गर्दे आईरहेका उनी पछिल्लो समय युट्युव र अन्य सामाजिक सञ्जालमा निकै भाईरल बनेका पात्र हुन् । दैनिक २ घण्टा हिडेर देवघाट लगायतका क्षेत्रमा माग्दै पैसा संकलन गर्दे भिमले ८० र ७९ बर्षका बुवा र आमालाई पाल्दै आएका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका नवलपुरका उनै भिमको घर निर्माणको कार्य सुरु भएको छ जसको शिलान्यास चर्चित एवं लोकप्रिय नायक पल शाहले गरेका छन् । ५ बर्षअघि जलेको घर निर्माण हुन नसक्दा घर भित्रै पानी छिर्ने र रातभरी सुत्न नसक्ने अवस्था थियो । जसकारण उनले समस्या भोग्दै आएका थिए ।

त्यसैले ५० बर्षीय भिमका लागि आउँदो बर्षातभन्दा अगाडि नै घर निर्माण गरि हस्तान्तरण गर्ने अभियान सुरु भएको समाजसेवी रञ्जिता गुरुङ्गको अगुवाइमा सुरु भएको अभियानमा अमेरिका निवासी हेम थापाको आर्थिक सहायता रहने र बाँकी रकम सहयोगीहरुसँग संकलन गर्दे भिमका लागि घर निर्माण गरिन लागेको हो । बैशाख १ गतेबाट घर निर्माणको थालनी हुनेछ ।

असार १ गतेभन्दा अगाडि नै घर सम्पन्न गरि हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । यता पलले पनि भिमका लागि भौतिक, आर्थिक, सामाजिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । समाज सेवा गर्दा आफुलाई पनि मनको शान्ती मिल्ने गरेको बताउँदै उनले भिमको घर निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया