बलिउडमा बिवाह अघि नै गर्भवती भई सन्तान जन्माएका र गर्भपतन गराएका धेरै कलाकारहरु छन । जसको लिस्टमा बलिउडकी हट अनि बोल्ड नायिका एमी ज्याक्सन पनि पर्ने भएकीछिन् । केही समयदेखि प्रेमी जर्ज पनायोतुको प्रेममा रहेकी एमी आफु गर्भवती भएको खुलासा गरेकीछिन् ।इग्ल्याण्डमा ३१ मार्चमा मदर्स डे मनाईन्छ सोही दिनमा उनले आफु आमा बन्न लागेको बताएकी हुन् । सामाजिक सञ्जालमाफर्त एक तस्बिर पोस्ट गर्दे उनले आफनो पहिलो सन्तानको लागि निकै उत्साहित रहेको उल्लेख गरेकीछिन् ।

आमा बन्न लाग्दा आफुले सुखद अनुभुती गरिरहेको र आफनो सन्तानलाई देख्न निकै आतुर रहेको बताउँने एमीले केही महिनाअघि मात्र इन्गेज्मेण्ट गरेकी थिईन् । उनीहरुले अर्काे बर्ष ग्रीसमा बिवाह गर्देछन् । जर्ज अर्बपती एवं एबिलिटी ग्रुपका संस्थापक एन्ड्रियास पनायोतुका छोरा हुन् । यता उनी बिवाह अघि नै गर्भवती भएको खबरपछि कतिले आलोचना गरिरहेका छन् भने कतिले उनीहरुलाई बधाई पनि दिईरहेका छन् ।

एमी र जर्जको भेट सन २०१५ मा एक पार्टीको दौरान भएको थियो । तेलेगु फिल्मबाट आफनो अभिनय यात्रा थालेकी एमीले बलिउडमा भने सन् २०१२ मा एक दिवाना था फिल्मबाट गरेकी थिईन् । उनको यही फिल्मका नायक प्रतिक बब्बरसंग पनि लामो समय प्रेम सम्बन्ध रहेको थियो । बेलायती मोडल समेत रहेकी उनी कुनै समय थुप्रै बोल्ड र न्युड तस्बिरहरुको कारण चर्चामा आएकी थिईन् । पछिल्लो पटक उनी २.० फिल्ममा देखिएकी थिईन् ।

तपाईको प्रतिक्रिया