Thursday, 4th June 2020
4 June 2020

आधुनिक गीत “टुक्रेको मुटु“( भिडियो सहित)

काठमान्डौँ ।
नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ । गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक सविनले दिएका छन । गीतमा शब्द सविन सिलवाल र संगीत राजु विरहीको रहेको छ
पछिल्लो समयमा निकै रुचाइएका गायक तथा ब्यस्त कलाकार राजु बिरहीको निर्देशन भिडियोमा रहेको छ । अरुण कुमार सुनारको छायांकन र प्रेम कुमार थारुको सम्पादन रहेको भिडियोमा छ । उक्त गीतमा गिता बुढाथोकी,राजु बिरही र सुर्य दवाडीको निकै राम्रो अभिनय देख्न सकिन्छ ।

“टुक्रेको मुटु“ गीतको भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *