सामाजिक संजालमा भाइरल भएको मिस नेपाल सम्बन्धि भिडियोको बिषयमा मिस नेपाल आयोजना गर्दै आएको संस्था हिडन ट्रेजरले प्रेस बिज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ ।

यस प्रतियोगिताको अडिसनको भिडियोको एक पार्टमा २५ बर्ष देखि यस प्रतियोगीताको कोरियोग्राफी गर्दै आएकी रचना गुरुङले सहभागीलाई होच्याएर प्रश्न गरेको देखिन्छ । उनले किन मेकअप नगरेको ? चस्माको पावर कति छ ? मेकअप नगरेर प्रतियोगिताको नै बेइज्जत गरेको लगायत प्रश्न सोधेकी छन् । यस बिषयलाई लिएर सामाजिक संजालमा उनको बिरोध भैरहेको छ यसका साथै सामाजिक संजाल प्रयोगकर्ताले मिस नेपालको उदेश्यमाथि नै प्रश्न चिन्न उठाइरहेका छन् ।

यस बिषयमा हिडन ट्रेजरले स्पस्टिकरण दिएको छ । कुनै पनि प्रतियोगितामा सजिलो अप्ठ्यारो प्रश्न सोधिन्छ त्यसलाई सहि ढंगले उत्तर दिन सक्ने व्यक्ति नै सफल हुन्छ भने आसयको बिज्ञप्ति सस्थाले सार्वजनिक गरेको छ । यसका साथै २५ बर्ष देखि आयोजना हुदै आएको यस प्रतियोगीताले कसैलेलाइ पनि होच्याउने, मानहानि हुने काम नगरेको र नगर्ने समेत स्पस्ट पारेको छ । भिडियोको एक भाग हेरेर सामाजिक सन्जालमा आएको अभिव्यक्तिलाई सामाजिक संजालको सकारात्मक नकारात्मक दुवै बिषय हुने भन्दै साचो कुरा नबुझी प्रतिक्रिया नदिन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया