चर्चित गीत “ग्याङनम स्टायल” गीतका गायक साइले नेपालमा कन्सर्ट गर्न लागेको खबर केही समय अगाडी बाहिरिएको थियो । उनलाई काठमाडौँकै एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले महंगो पारिश्रृमिक दिएर कन्सर्टका लागि कुराकानी अगाडी बढाईरहेको थियो । तर उनले नेपाल कन्सर्टको प्रस्ताव अस्वीकार गरेको खबर बाहिरिएको छ । कम्पनीले उनलाई १५ करोड पारिश्रृमिक प्रस्ताव गरेता पनि उनी नेपाल आउन नचाहेको बताईएको छ । साइले कुल पारिश्रमिकको आधाभन्दा बढी रकम एड्भान्समा मागेको श्रोतको भनाई छ ।

उनीसहित अन्य नौ दक्षिण कोरियाली पप ब्यान्ड र गायकलाई ल्याएर ललितपुरमा कन्सर्ट गर्ने योजनामा थियो कम्पनी तर, अहिले यस विषयमा मौन छ । साइले पारिश्रृमिक बुझे पछि मात्र आफनो कन्सर्टलाई औपचारिकरुपमा मिडियामा घोषणा गर्ने तयारीमा थिए । यता साइको कन्सर्ट काठमाडौँमा हुन्छ भनेर फेसबुकमा स्टाटस लेखेर डिलेट गर्ने टोलीका कतिपय पदाधिकारी यसबारे मौन रहेका छन् । यता साइलाई नेपाल कन्सर्टका लागि दक्षिण कोरियाली राजदूत पनि इभेन्ट म्यानेजमेन्ट टीमसँगको नियमित सम्पर्कमा रहेका थिए ।

तपाईको प्रतिक्रिया