काठमाडौं– गायक राजेशपायल राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम ‘दर्शन नमस्ते–४’ सार्वजनिक भएको छ। नेपाली गायन क्षेत्रमा ‘राई इज किङ’का रुपमा चर्चित राईले मंगलबार राजधानीमा एक पत्रकार भेटघाटका साथ उक्त एल्बम सार्वजनिक गरिएको हो।

एल्बमलाई वरिष्ठ संगीतकर्मी तथा कलाकार भैरवबहादुर थापाले सार्वजनिक गरे।

सयौं फिल्म तथा आधुनिक गीतमा स्वर भरिसकेका गायक राईको यो १९औँ एल्बम हो। नेपाली गायन क्षेत्रकै नक्षत्र मानिने राईको ‘दर्शन नमस्ते-२’ सार्वजनिक गर्दै प्रमुख अतिथि थापाले अझ सफलताका लागि शुभकामना व्यक्त गरे। एल्बम सार्वजनिक गर्दै थापाले भने, ‘राई इज किङको पाइलाले यसरी नै अटुट सफलता पाउँदै जाउन, शुभकाना।’

सार्वजनिक एल्बम ‘दर्शन नमस्ते–४’ मा ७ वटा गीत समावेस छन्। जसमा ‘टाइटल’ गीत नै ३ वटा रहेका छन्। अन्य मोहनी, केकी, तिमी बिना र यी दुःखहरु बोलका गीत समावेस छन्।

एल्बममा समावेस गीतहरुमा क्रमश उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द रचना र उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत रहेको छ।

तपाईको प्रतिक्रिया