काठमाडौं, चैत २८ । बाग्लुङ बस्दै आएकी गायिका रेखा थापा मगरको नयाँ गीत ‘हावा सरर’ को भिडियो सार्वजनिक भएको छ । युवापुस्ता लक्षित यस गीतमा कुमार सानू पुन र रेखा थापा मगर सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा संगीत, प्रेम सागर पौडेल शब्द, गायिका स्वयम् रेखा थापा मगरको रहेको छ । हेमन्त शिसीर को संगीत संयोजनमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा मोडेल निर्मल छेत्री र सरिश्मा मगरको मगरको रोमान्चक अभिनय देख्न सकिन्छ ।

बिक्रम चौहानको निर्देशनमा  तयार भएको गीतको म्युजिक भिडियोलाई रेखा थापा मगर कै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गायक, कुमार सानू पुन र रेखा थापा मगरको “हावा सरर” बोलको गीतलाई छोटो समयमा नै दर्शकहरुले युट्युबमा सकारात्मक प्रतिक्रिया जनाएका छन् । भिडियोमा, प्रकाश खड्का को छायांकन र लक्ष्मन चौहान सम्पादन तथा कलर ग्रेडिङ छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया