क्षितिज स्मृति प्रतिष्ठान बिरगंजको आयोजनामा शनिबार बिरगंजको घन्टाघरमा स्व क्षितिज श्रेष्ठको तेस्रो बार्सिक पुन्यतिथिको अवसरमा भएको रक्तदान कार्यक्रममा ३ महिला सहित ३० जनाले रक्तदान गरेका छन ।रक्तदान गर्नु हुनेहरुमा राजेस्वरी चौधरी ,स्वता श्रीवास्त ,प्रतिमा शर्मा, डा काेट्रास्वामी ,दिलिपराज कार्की ,दिपेश श्रेष्ठ ,रोमित सिंह ,रामाधार राउत ,रबिन्द्र तिमिल्सिना ,सुबोध कुमार गुप्ता , हरिचन्द्र महतो लगायतकाले रक्तदान गरेका थिए ।

त्यसै गरि सो अवसरमा प्रतिष्ठानले शिक्षा क्षेत्रमा डा।सुस्मा तिवारी र समाजिक क्षेत्रमा प्रकाश थारुलाई सम्मानित गरेको थियो ।कार्यक्रममा प्रोफेसर डा।दिपक शाक्य , प्रतिष्ठानका उपाध्यक्ष गजेन्द्रमान सिंह , दिलिपराज कार्की , डा।सुस्मा तिवारी दुबेदी, प्रकाश थारु प्रतिष्ठानका उपाध्यक्ष तथा बिरगंज टेलिभिजनका प्रबन्ध निर्देशक दिपेश श्रेष्ठ ,अजित भुजेल ,राजन जोशी लगायतकाको उपस्थिति रहेको थियो ।क्षितिज स्मृति प्रतिष्ठान बिरगंजको अध्यक्ष बलिराम श्रेष्ठको अध्यक्षतामा र भारतिय बाणिज्य दूतावास बिरगंजको कन्सुलर डा कोट्रास्वामीको प्रमुख आतिथ्य भएको रक्तदान कार्यक्रम संचालन दिगम्बर थापाले गर्नु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया