काठमान्डौ । विभिन्न गीत संगीत प्रस्तुत गरेर धेरै श्रोता तथा दर्शकहरु माझ आआफ्नो परिचय स्थापित गराउन सफल राजकुमार शाह शंकरले पुनः अर्को प्रस्तुति “अर्को जुनी” लिएर आएका छन् । संगीत कै बिद्यार्थी उनले मदानी, झरी, मन मिल्ने मान्छे लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।
माथि उल्लेखित गीतमा आफुले मन पराएको मान्छेलाई आफ्नो बनाउन पर्खाइ निकै कष्ट भएको प्रेमभाव समाबेश गरिएको छ । गीतलाई संगीत संयोजन बिष्णु अधिकारीले भरेका हुन् भने संगीत राजकुमार शाह शंकर र शब्द रचना जीवन ओलीको रहेको छ ।
राजकुमार शाह शंकर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा राज कुमार शाह शंकर र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । पाल्देन लामाद्वारा निर्देशित यस गीतको म्युजिक भिडियोमा सनसाइन सन्जु र राज करलाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई छायांकन एजे अजुले गरेका हुन् भने सम्पादन नबिन बोहराले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










