नेपाली सिनेमा क्षेत्रमा कुनै समय निकै चर्चामा रहेका नायक धिरेन शाक्य यतिबेला फाट्टफुट्ट फिल्महरुमा काम गरिरहेका छन् भने म्युजिक भिडियोमा समेत अभिनय गरिरहेका छन् । नायकको रुपमा जमेका उनले आफनो करियरको समयमा सफल फिल्महरु दिए । उनको नाम आउने बित्तिकै महानायकको उपाधी पाएका धिरेन शाक्यको नाम जोडिहाल्छ । त्यतीबेला पनि धिरेनलाई राजेश हमालको कडा प्रतिष्पर्धीको रुपमा हेरिन्थ्यो । त्यतीबेला सुनिथ्यो की धिरेनले राजेश हमलालाई पछि पार्ने सुरका साथ काम गरिरहेका थिए । तर पछि धिरेनको आफनो व्यवसाय लगायत विभिन्न कारणले उनी फिल्ममा कम देखिन थाले । भनिन्छ आज पनि यी दुईबीच खुलेको राम्रो सम्बन्ध छैन । अझ त्यसमा पनि भन्नु पर्दा धिरेनले दिँदै आएका अभिव्यक्तिको कारण पनि उनी राजेशलाई त्यती मन नपराउने गरेको प्रस्ट बुझिन्छ । हालै उनले एक मिडियासंग दिएको अन्तरवार्तामा राजेश हमाललाई कटाक्ष हान्दै धेरै फिल्म खेल्दैमा महानायक हुन नसक्ने बताए ।

उनले भने ” महानायक भन्ने कुरा पब्लिकले मुल्याङन गर्ने कुरा हो । फिल्मको संख्यामात्र बढाएर त हुँदैन नी फिल्मको गुणस्तर पनि हुनु प¥यो । यो त दर्शकहरुले पनि हेर्न सक्छन् नी । यहीबाट को महानायक को महानायिका छुट्टाउन सक्ने कुरा यो” । उनले अगाडी भने “धेरै क्वालिटी फिल्म गरेका छन् भने त्यसलाई महानायक भनिन्छ । क्वान्टिटीमात्र बढाएका फिल्मको कारण कसैलाई महानायक भन्नै मिल्दैन” । उनले यति भनिरहँदा राजेह हमालसंग आफनो नराम्रो सम्बन्ध नरहेको भनेर आश्स्वत पार्न खोजे तर राजेश र धिरेनको सम्बन्ध कस्तो छ भनेर आम दर्शकहरुलाई थाहा भएकै कुरा हो ।

उनले भने “राजेशसंग ठिकै छ सम्बन्ध सामान्य नै हो । पार्टीहरुमा भेटघाट हुन्छ । हामीबीच दुश्मनी छ भन्ने कुरा बाहिर भ्रममात्र हो” । बिषेशगरी फिल्मी क्षेत्रका अधिकांश नायक नायिकाहरुमा पनि महानायक को भन्ने बारेमा बिवाद हुने गरेको छ । अधिकांश कलाकारहरुले जसले धेरै हिट फिल्म दिएको छ त्यसैलाई महानायक मान्नु पर्छ भन्ने तर्क गर्ने गरेका छन् । जबकी सबैभन्दा धेरै हिट फिल्म तुलनात्मकरुपमा राजेश हमालले भन्दा भुवन केसीले दिएका छन् । त्यसैले कतिपय कलाकारहरुले महानायक भुवन केसीलाई भन्नु पर्ने तर्क राख्ने गर्छन् ।यता महानायकको प्रसंगमा भुवन केसीको भनाई पनि ठ्याक्कै धिरेन शाक्यको जस्तै हुने गरेको छ ।

तपाईको प्रतिक्रिया