लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बूको नया नेपाली गीत ”सेवारो नमस्ते” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दिल कमल शेर्मा को शब्द अनि दिल कमल र ब्रबिम शेर्माको सगीत रहेको ”सेवारो नमस्ते” मा चर्चित हास्यकलाकार विल्सन बिक्रम राइ{तक्मे बुढा} र एलिसा राइको अभिनय रहेको छ भने नवराज उप्रेतीको क्यामेरा भरत रेग्मीको सम्पादन र विल्सन बिक्रम राइको नै निर्देशन रहेको छ ।झण्डै डेढ दशक देखि सांगीतिक यात्रामा लागेका ब्रबिम शेर्मा लिम्बूको लिम्बु भाषामा आधा दर्जन भन्दा बढी एल्बम सार्वजनिक भैसकेको छ भने उनको करिब ३० वटा भन्दा बढी नेपाली गीतहरु , करिब १०० भन्दा बढी लिम्बु गीतमा स्वर र ५० मा संगीत भरिसकेका ब्रबिम लिम्बु संगीतको मुल खम्बाकै रुपमा स्थापित पनि भइसकेका छन् । लुङमाबो याङ्घेक ,पनुनुमा ,नाना नाना हङकङ नानाको,चिखाङेआङ युखाङेओ खेन केलुङमाबो ,याक्थुङ तङ्नाम्मो लगायत दर्जनौ गीतहरु सर्वाधिक रुचाइएका छन भने उनले हङकङ ,सिंगापुर,मलेसिया ,यु के ,साउथ कोरिया ,कतार ,भुटान , भारत लगायतका देशमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया