राजु बोहरा–काठमाडौँ । स्थायी घर सिन्धुपाल्चोक र पुर्ब पेशाले शिक्षक रहेका ब्यवासाही तथा गायक इश्वर सापकोटाको स्वरमा “फुल राम्रो हुन्छ डालीको” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । यस गीतमा इश्वर सापकोटा संगै दिनेश भण्डारी, रजनी लामा र अम्बिका तामांगको पनि सुमधुर स्वर सुन्न सकिन्छ । नेपाली लोक तथा दोहोरी गीत संगीत बाट मौलिकता को जगेनार्थ जुर्मुराएका दिनेश भण्डारी, रजनी लामा, इश्वर सापकोटा र अम्बिका तामांगको यो गीत संयुक्त प्रस्तुति हो । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतलाई लय इश्वर सापकोटाले भरेका हुन् भने शब्द इश्वर सापकोटा र दिनेश भण्डारीको रहेको छ ।

शहरको जुनसुकै कुना कन्दरामा रहे पनि आफ्नै गाउँवस्ती र कुना कन्दरा अनि आफ्नी प्रेमिका संगै गाईवस्तु चराउँदै दिनहरु बिताएको क्षण भुल्न नसकिएको प्रसंग समेत रहेको “फुल राम्रो हुन्छ डालीको” बोलको गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र रामकुमार थापाको आकर्षक अभिनय सहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापा, छायांकन नवराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ । गीतको अडियो तथा भिडियोको सर्वधिकार मेनुका दिहितल प्रालि संग रहेको छ । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया