छक्का पञ्जा ३ पछि सुस्ताएको नेपाली सिनेमा क्षेत्रलाई चलायमान बनाउने काम ए मेरो हजुर ३ ले ग¥यो । खडेरी लागेको सिनेमा क्षेत्रमा यस फिल्मले पानीकै काम ग¥यो । चौथो हप्तासम्म आईपुग्दा पनि फिल्म रिलिज भईरहेको छ । फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो कलेक्सन ग¥यो । पहिलो हप्तामै ४ करोडमाथि कलेक्सन गरेको फिल्मले अहिलेसम्म ९ करोडको आँकडा छोएको हुन सक्ने अनुमान गरिएको छ । फिल्मले दुई हप्तासम्म राम्रो पकड बनाएको थियो । जसलाई ‘एभेन्जर्स : इण्ड गेम’ले केही खुम्चायो । त्यसपछि ३ शोमा आईपुगेको फिल्मलाई दाल भात तरकारीको रिलिजले २ शो घटायो ।

तथापी दाल भात तरकारीको माउथ पब्लिसिटी खासै सन्तोषजनक नहुँदा ए मेरो हजुर ३ लाई फाईदा पुगिरहेको छ । आइतवार फिल्मले पाँच शो र सोमवार ६ शो पाएको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि फिल्मलाई अझै राम्रो शो छ । क्यूएफएक्सले ठूलो संख्यामा शो घटाएर फेरि बढाउनुले ए मेरो हजुर ३ ले अझै दर्शक पाईरहेको प्रस्ट छ ।

यसरी हेर्दा फिल्मले ५१ औँ दिन मनाउँछ की भन्ने चर्चा भईरहेको छ । यसमानेमा निर्माण टिम भने ढुक्क देखिएको छ । यस फिल्मलाई पनि समिक्षकहरुले राम्रो भनेका त थिएनन् तर जनता जर्नादनले रुचाएपछि फिल्मलाई चिट्टा नै परेको छ । झरना थापाले निर्देशन गरेको यस फिल्मबाट अनमोललाई त फाईदा पुग्यो पुग्यो , डेब्यु नायिका सुहाना थापाको पनि कम चर्चा भएन । उनलाई सिनेमा क्षेत्रमा आसलाग्दी नायिकाको रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया