काठमान्डाँै ।

लोकप्रिय गायक सन्तोष लामाको आवाजमा सजिएको “ गोधुलिमा उनिलाई भेट्दा ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जनद्धारा लिखित अनुराग गीतमा समावेश भएको पहिलो सर्वोकृष्ट गीत बजारमा आएको हो ।

आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरा लाई गीतमा समावेश गरिएको छ ।मायालुको माया निकै प्रगाढ हुने कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
अमेरिकामा बसोबास गरिरहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङको गीतमा शब्द तथा गीतमा राजेश थापाको संगीत रहेको छ । गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको शब्द जति उत्कृष्ट छ, भिडियोमा पनि उतिकै सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ ।
उत्सव दाहालको छायाँकन ,दिपक विष्टको सम्पादन तथा गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ ।“ गोधुलिमा उनिलाई भेट्दा ” गीतमा सृष्टि खड्का र गम्भिर विष्टको अभिनय रहेको छ ।

“ गोधुलिमा उनिलाई भेट्दा ” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया