मोडल खुश्बु ओलीलाई ३ महिनाको जेल सजाय भएको छ । कुनै समय प्रहरी इन्काउन्टरमा मारिएका धादिङका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिको रुपमा चर्चामा आएकी खुश्बुलाई चेक बाउन्स गरेको आरोपमा ३ महिनामा जेल सजाय भएको हो । सप्तरीका गोपाल कटुवाललाई २०१७ जनवरी ३ मा भुक्तानीस्वरुप दिएको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो ।

चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए । डन चरीको इन्काउन्टरको समय उनी सर्वाधिक चर्चामा आएकी थिईन् । उनले चरीको गैरन्यायिक हत्या भएको भन्दै मिडियामा चर्काे आवाज उठाएकी थिईन् । त्यसको केही समय पछि उनले सन्तोष कार्कीसँग बिवाह गरेकी थिईन् । उनले नाम अनाथ र सहाय बालबालिकाहरुका लागि आश्रय सेल्टर नेपाल नाम संस्था पनि सञ्चालन गर्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया