काठमान्डाँै , जेष्ठ १० ।
साधना म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र शनिवार एक कार्यक्रमका विच प्रज्ञा प्रतिष्ठान कमलादी काठमान्डाँैमा दिउँसो ३ बजे देखी हुने भएको छ ।

‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।

अवार्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

अवार्डमा ३६ विधामा देशभरका कलाकर्मीहरुले सहभागी आवेदन फारम बुझाएका थिए । प्रमाण पत्र वितहरण कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागी विशेष तयारी समेत गरिएको कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया