काठमाडौं । बिहीबार काठमाडौंमा एक दृश्य देखियो । पछिल्लो समय नेपाली हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट फुलन्देकी आमाका नामबाट निकै चर्चामा आएका उमेश राई हतार हतार देखिन्थे ।

उनको घरको आँगनमा परिवारका सदस्यहरुसँगै नजिकका साथिभाइहरु जम्मा भएका थिए । कसैको हातमा पुजाका सामान थिए भने कसैको हातमा मिठाइँका पोकाहरु थिए । माहोल निकै रमाइलो देखिन्थ्यो । उमेशको मुहारमा बेग्लै खुसी छाएको थियो ।

यो थियो उनको घरमा भित्रिएको नयाँ सदस्यको पुजाको कार्यक्रम । उनले आफ्नो घरमा एउटा नयाँ सदस्य थपेका छन् । उनले भेस्पा कम्पनीको एउटा नयाँ स्कुटर आफ्नो घरमा भित्र्याएका हुन् । उनी पछिल्लो समय नेपालमा नेपाली मसुर गुलाटीका नामले पनि चर्चामा आएका छन् ।

तपाईको प्रतिक्रिया