पोखरा । अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ।

पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन्।

समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी रहेका छन्। समितिले म्युजिक अवार्डसँगै अनुपम सङ्गीत सम्मान र तीर्थहरि समाजसेवा अवार्डका लागि प्रतिभा छनोट गरी सिफारिस गर्ने छ।

अवार्ड तथा सम्मानहरु आगामी जेठ २५ गते दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए। सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए।

यसै बीच, सो कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफलमा आयोजक समितिका सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो। सो अवसरमा कृष्णप्रसाद बाँस्तोला, कृष्ण केसी, विजय प्रधान, देव क्षेत्री, प्रकाश अधिकारी, रेशम रचक, विश्वमोहन गौचन, सुमन श्रापित, ईशु श्रेष्ठ, केशव पराजुलीलगायतले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया