गायक तथा सर्जक नकुल ढकालको नयाँ ब्याटल गित “प्रेम युद्ध”पुन सार्वजनिक गरिएको छ । नकुल ढकालको नयाँ युटुव च्यानलबाट सार्वजनिक भएको गितले चर्चा बटुलिरहेको अवस्थामा ह्याकरले च्यानलनै ह्याक गरेर हटाईदिए पछि पुन अपलोड गरिएको हो । बाग्लुङ्गको बलेवामा जन्म भई म्याग्दीमा ब्यवसाय संगै गित संगितमा पनि उतिकै चर्चा पाएका गायक ढकालको शब्द लय रहेको गितमा नकुल ढकाल गायक योगेश काजी र सम्झना लामिछानेको स्वर रहेको छ ।
गितमा एक युवतीलाई दुई जना युवाहरुले मन पराएर उसलाई आफ्नो बनाउन खोजेको कथा बस्तु राखिएको छ । गायक ढकाल,काजी र सम्झनाले अभिनय गरेको उक्त गित नकुल ढकालको युट्युव च्यानलबाट पुन सार्वजनिक गरिएको हो ।ब्याटलमा बिक्रम चौहानको निर्देशन कृष्णा बिकको एरेञ्ज रहेको गित प्रकाश खड्काले खिचेका हुन । ढकालले बजारमा अहिले सम्म आएका सिर्जना भन्दा यो भिन्न प्रकृतिको गित भएको र यसलाई युवा पुस्ताले निकै रुचाईदिने बिश्वासमा रहेका छन ।
करिव दुई दर्जन गित लेखेका ढकाल युवा पुस्तामा रुचाईएका कलाकार समेत हुन ढकाल पछिल्लो समयमा चर्चित भएको चौतारीको वरमा आफनो शब्द दिएका छन। उनले बिभिन्न बिधामा चर्चित गितहरु सिर्जना गरेर सबैको मनमुटुमा वस्न सफल भएका छन। पहिला अपलोड गरेको भिडियो हाक गर्ने जो भएपनि नयाँ पाठ सिकेको बताउदै उसलाई गायक ढकालले आभार प्रकट समेत गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।







































































