काठमाडौं। शाहरुख खानकी छोरी सुहाना सधैं चर्चामा रहने स्टारकिड्मा पर्छिन् । उनले सामाजिक संजालमा शेयर गर्ने फोटोहरु भाइरल हुन्छन् । फ्यानहरु अब सुहानाको बलिउड डेब्यूको प्रतिक्षा गरिरहेका छन् । यही बीचमा अहिले सुहानाको एक सेल्फीले सामाजिक संजाल तताएको छ ।

सुहाना सेल्फीमा सुन्दर देखिएकी छिन् । तर यो सेल्फी उनको सुन्दरताको कारण चर्चामा आएको भने होइन । सुहानाले यो सेल्फी ऐनाअगाडि उभिएर खिचेकी छिन् । फोटोमा सुहानाको फोनको पछिल्लो भाग देखिएको छ । सुहानाले आफ्नो फोनको कभरभित्र एटिएम कार्ड राखेकी छिन् । सामाजिक संजालमा धेरैको नजर सुहानामा भन्दा यो एटिएम कार्डमा गएको छ ।

तपाईको प्रतिक्रिया