काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका कुशल सर्जक तथा निर्देशक गौतम शेर्पाको निर्देशनमा मौलिक लोकदोहोरी गीत ‘पिरतीमा धोका…’ सार्बजनिक भएको छ ।

गल्कोट म्युजिक प्रा.लि. को प्रस्तुतिमा रहेको गायिका धर्तीमा थापा मगरको मौलिक लोकदोहोरी गीत ‘पिरतीमा धोका…’ सार्बजनिक भएको छ ।

गीतमा गायक संजय परियार र गायिका धर्तीमा थापा मगरको आबाज रहेको छ । धर्तीमा थापा मगरकै लय रहेको उक्त गीतको शब्द रामु बिरहीले लेखेका हुन् ।

तिलक रिजालको छायांकन रहेको भिडियोमा मोडल उषा सुबेदी र बिराज बास्कोटाले अभिनय गरेका छन् । भिडियोको सम्पादन अविनाश डिसीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया