पछिल्लो समयका चर्चित गीतकार डि.पी खनालको शब्द र
“भ्वाईस अफ नेपाल”को ब्याटल राउन्ड सम्म पुगेर चर्चा बटुलेका प्रतिस्पर्धी गायक दिपेश लामाले हालै नेपाली सांगीतिक जगतमा आफ्नो पहिलो अफिसियल गीत “जुनकीरी” लिएर डेब्यु गरेका छन् ।
दिपेश लामाको आफ्नै युट्युब च्यानल मार्फत म्युजिक भिडियोलाइ शुक्रबार रिलिज भएको हो ।”जुनकीरी” बोलको गीतलाई हालका चर्चित गीतकार डि.पी खनालले लेखेका हुन् । मनोज थापा मगरले संगीत भरेको यस गीतका एरेन्जर देवेश राई हुन् ।
लक्ष्मी गुरुङ र दिपेश स्वयंको अभिनय रहेको भिडियोमा दिपक गिरीको छांयांकन,अबिनाश डिसीको सम्पादन तथा गौतम शेर्पाको निर्देशन रहेको छ।
यसअघि ‘दि भ्वाइसअफ नेपाल’बाट चर्चा कमाएका दिपेश लामा ‘द ब्रदरहुड’ ब्यान्डसँग पनि आवद्ध छन्।
हेर्नुस् भिडियो
https://www.youtube.com/watch?v=4upsPZ0n8a8

तपाईको प्रतिक्रिया