जन्मथलो भुटान, कर्मभुमी नेपाल हुँदै हाल अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्दै आउनुभएका श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ । सानोदेखिनै संगीतप्रति रुचि राख्ने र गितार, मादल, तबला हारमोनियमप्रति आकर्षित सुहाङ धेरै वर्षसम्म किराँत धर्मस्थल माङसेबुङ लारुम्बामा केन्द्रिय कलाकारको रुपमा काम गर्नुभएको छ । कक्षा १० सम्मको अध्ययन नेपालमै सकेर उच्च माध्यमिक तहको शिक्षा भारतबाट गर्नुभएका सुहाङ सहयोगी भावना भएका व्यत्तित्व हुनुहुन्छ । दुखि, गरिब र सहयोगको अक्षेक्षा गर्नेलाई सहयोगको हात फैलाउने उहाँको विशेषता रहेको छ ।

सानैबाट कविता, गजल र कथाहरु लेख्दै आउनुभएका उहाँका हालसम्म धेरै गीतसंगीतहरु बजारमा आईसकेका र केही आउने क्रममा रहेका छन् । भर्खरमात्र किराँत भजल संगालो जय किराँत बजारमा आएको छ ।
उहाँको पहिलो लेख २०६३ सालमा पुर्वान्चलबाट प्रकाशित भएको थियो ।

पहिलो कविता
भन्ने गर्छन् प्रेम बाँच्ने आधार हो रे
दुईवटा कोमल मुटुहरुको धार हो रे
फराकिलो मन भएका प्रेमीहरुका लागी
दुबो मौलाईरहेको विशाल टार हो रे
त्यसो त धोकेबाजहरुका सबैका लागी
प्रेम नै हजारौ मुटुको बलात्कार हो रे

घरपरिवारबाट पहिला त्यक्ति साथ नपाएपनि पछि भरपुर साथ र सहयोग पाएका सुहाङ आफ्नै स्थानिय क्लबमा आवद्ध भएका र हाल किराँत कल्चरल सोसाईटि अफ नेब्रास्काका सचिव हुनुहुन्छ ।
विभिन्न कार्यव्यस्तताका बाबजुतपनि सृजनशिल कार्यका अघि बढीरहनु भएका मुकेश सुहाङलाई आगामि दिनमा सफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया