चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’को भिडियो सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत राहेको उक्त गीतको भिडियो शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ । लोक फ्लेभरको उक्त गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ । संगीतमा आफ्नो संघर्ष लामो भएको र यो गीतबाट आफु माथि उठ्ने विश्वास गायक रिमालको छ । गायक रिमालको यसअघी सार्वजनिक भएको गीत सिन्की अचार निकै चर्चित बनेको थियो । भिडियोमा अभिनय गरेका समाजसेवी गुरुङ देशका बिभिन्न स्थानमा रहेका जिर्ण मठ मन्दिर पुनर्निर्माणमा सकृय छन् । मोडलिङ आफ्नो रुचीको क्षेत्र भएकाले यसै गीत मार्फत मोडलिङ क्षेत्रमा पाइला चालेको उनको भनाई थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अट...
उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिन...
फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल के...
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले ...
प्रकाश र अन्जलीलाई लिएर हेमन्तले ‘जाउँ साइँली बेनी बजार’को रिमेक गरे
काठमाडौँ । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतक...
ट्राफिक सचेतनामा महानायक हमाल
काठमाडौं, २१ वैशाख । अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहि...