राजु बोहरा–काठमाडौँ । बिशेष गरेर प्रतियोगी गायन बाट नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायक, सर्जक तथा संगीत संयोजक राजेन्द्र सुबेदीको शब्दमा फेरी अर्को निकै मन छुने गीत बजारमा आएको छ ।पछिल्लो समय केहि फास्ट बिटको गीतमामा श्रोता तथा दर्शकहरुक मन जाने समयमा यो मन्द बिटको गीतबाट सम्पूर्ण नेपाली संगीत पारखिहरुको ध्यान एकात्रित बनाउन राजेन्द्रले अहिले मिना अधिकारी नामक युट्युब एकाउन्ट मार्फत यस गीतलाई सार्बजनिक गरेका हुन् ।

“गुनासो” नाममा सार्बजनिक भएको माथि चर्चा गरिएको गीत गोबिन्द आलेको प्रस्तुतिमा रहेको छ । गीतमा राजेन्द्र स्वयम् ले स्वर भरेका छन् भने उनलाई गायिका दुर्गा खत्रीले साथ् दिएकी छिन् । गीतलाई लय भने गोबिन्द आलेले भरेका छन् ।

आफुमा जतिनै पिंडा व्ययथा भएता पनि अर्काको खुसीका लागि समर्पित यस गीतको म्युजिक भिडियोमा सारिका के.सी, गोबिन्द आले र साथीहरुको अभिनय रहेको छ । कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठ र सम्पादन अमर शाक्यले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया