प्रविन बरालले अभिनय रहेको गीतकार डा. डी आर उपाध्यायको रचना र सत्यराज आचार्यको स्वरमा रहेको ‘मधुर मिलन’ गीतको भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीत ‘मधुर मिलन’ भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी स्मृति ओली मिस टिन झापा २०१५ की बिजयी हुन् भने अस्ट्रेलियाको सिड्नी युर्निभर्सिटीबाट सफ्टवेयर इन्जीनियिंग गरेका प्रविन बराल हाल एजुकेसन काउन्सलरको रुपमा चिनिन्छन ।
प्रहिल कार्कीको निर्देशन,अन्जिता कंडेलको सहनिर्देशन रहेको भिडियोमा बिनय तामांग सिनेमाटोग्राफी माधव बेलबासे सम्पादन रहेको छ । गीतकार एबम साहित्यकार डा. डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एकैपटक सात एल्बम निकालेर नयाँ रेकर्ड राखिसक्नु भएको छ भने ‘अतिरिक्त’ ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन भने पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो। ‘मधुर मिलन’को मिडिया कोअर्डीनेसन माधव अधिकारीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया