प्रेम प्रेमिल सम्बन्धको आभूषण हो | यसर्थ: हरेक प्रेमिल सबन्धमा बाँचेका व्यक्तिहरूले प्रेम जीवनलाई कसरी सफल बनाउने भन्नेबारे जान्न आवश्यक छ | प्रेम जीवनलाई सहजताका साथ डोर्याउन के गर्ने त ?
आज हामीले लिएर आएका छौं प्रेम जिवन सफल बनाउन मद्दत गर्ने केही उपायहरू :
१) कुराकानी र भेट्घाट :-
अक्सर सम्ब्धहरू बिग्रनुको कारण हो- लामो अन्तरालसम्म कुरा नहुनु एवं भेटघाट नगर्नु । निरन्तर कुराकानी र भेटघाटले सम्बन्ध अझ प्रगाढ बनाउँछ । त्यसैले लामो दूरीको सम्बन्ध चाहने हो भने निरन्तर कुराकानी गरिरहनुपर्छ र नजिक हो भने भेटघाट गरिरहनुपर्छ ।
२) विश्वास :
जुनसुकै सम्बन्धमा पनि विश्वास जरुरी हुन्छ । यसर्थ: विश्वासबिना कुनै पनि सम्बन्ध टिक्नै सक्दैन । त्यसैले प्रेममा विश्वास हुनु अत्यन्तै जरुरी हुन्छ ।
३) उपहार:
उपहार सबैलाई मनपर्छ । उपहारले कुनै पनि सम्बन्धमा मनोवैज्ञानिक भूमिका खेलेको हुन्छ । एक अध्ययनअनुसार उपहारको आदन-प्रदान हुने सम्बन्धहरू बढी मजबुत हुने देखिएको छ । त्यसैले सम्बन्ध बलियो बनाउनु छ भने स-साना उपहारहरू दिइराख्नु जरुरी हुन्छ ।
४) तुलना : आफ्नो अघि अरू कसैको तारिफ गरेको मन नपराउनु मान्छेको मनोवृत्ति हो । त्यसैले आफ्नो प्रेमी वा प्रेमिकालाई अरूसँग तुलना नगर्नुहोस । त्यसो गरे सम्बन्ध प्रगाढ नहुनसक्छ ।
5) आँखा जुधाउनु : आँखामा अनौठो शक्तिहुन्छ । आखा जुदाउँदा सम्बन्धहरू सुद्रिनछन्, अझ प्रगाढ पनि बन्छन्