अमृता भण्डारी , काठमान्डाँै
साधना म्युजिक अवार्ड २०७६को फाइनल आगामी श्रावण ४ गते काठमान्डौँमा आयोजना हुने सस्थाकी अध्यक्ष सामना शाहद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
सो कार्यक्रममा नेपाली गीत संगीतका धरोहर एबम सम्मानित व्यक्तित्वहरु उपस्थिति रहने भएको छ । “अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान “भन्ने मुल नाराका साथ सामना म्युजिक कृयशनको आयोजनामा प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ गर्न लागेको हो ।
अवार्ड समारोहमा लोक गीत, आधुनिक, पप र लोक पप लगायतका विभिन्न विधामा कलाकारहरु सम्मानित हुनेभएका छन । कुल ३८ विधामा अवार्ड आयोजना गरिएको छ । कार्यक्रममा गीत संगीतको क्षेत्रमा विशिष्ट योग्दान पुयाउने सर्जक लाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ ।
साधना कला सम्मान बाट विभिन्न विशिष्ट अग्रज कलाकारहरुलाई प्रद्धान गरिने कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताउनुभयो ।