पछिल्लो समय नेपाली फिल्महरु हेर्ने दर्शकहरु बढेका छन् । तथापी नेपाली हलिउड । बलिउड र हलिउड फिल्मको प्रभाव कम छैन । त्यसैले पनि बलिउडका चर्चित फिल्महरु रिलिज हुँदा नेपाली फिल्महरु रिलिज गर्ने हिम्मत हलमालिक र बितरकहरुले गर्न सकेका छैनन् । जसको उदाहरण यसअघि निर्धारित मितीमा नेपाली फिल्महरु रिलिज नभई अगाडी वा पछाडी सर्नु पनि हो । यसबीच बिकास आचार्यको फिल्म हजार जुनीसम्म ले पनि बलिउड फिल्मसंग जुध्ने हिम्मत गर्न सकेनन् ।

यो फिल्म साउन ३० गते रिलिज हुने भनिएको थियो तर उक्त मितीमा साउथका चर्चित नायकको बहुप्रतिक्षित फिल्म साहो रिलिज हुने भएपछि निर्माण टिमले हजार जुनीसम्मको रिलिज पोस्टपोण्ड गरेको छ । साहो रिलिजको मिती निर्धारित भएको थिएन त्यसैले हजार जुनीसम्म रिलिज हुने तयारी थियो तर साहो सोही मितीमा रिलिज हुने भएपछि निर्माता पछाडी सरेका हुन् ।

नेपालमा पनि बाहुबलीपछि प्रभाषको क्रेज निकै छ । साहोलाई लिएर नेपाली दर्शकहरु पनि निकै उत्साहित छन् । यता सोही मितीमा अक्षय कुमारको मिसन मंगल र जोन अब्राहमको बाल्टा हाउस पनि रिलिज हुदैँछ । यस्तो ३ ठुला बलिउड फिल्मसंग जुधेर लगानी डुबाउँनु भन्दा रिलिज पोस्टपोण्ड गर्नु नै बुद्धिमता ठाने । त्यसैले हजार जुनीसम्म अब भदौँ ६ मा रिलिज हुने भएको छ । भदौँ ६ मा पनि नम्रता श्रेष्ठको जायरा रिलिज हुँदैछ । अब आर्यन सिग्देल र नम्रताको भिडन्त भने पक्का भएको छ ।

तपाईको प्रतिक्रिया