आर पोखरेल, काठमान्डौँ ।
सन मुन मोसन पिक्चर ग्रुपको प्रस्तुतीमा गायक कृष्ण क्षेत्रीको आवाजमा रहेको “ मनपरेको फुल” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रेम र प्रेमिल मनका भावनालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण क्षेत्रीको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमिकालाई भावनात्मक रुपमा मन पराउने गरेको कुरालाई गीतमा समेटिएको छ । अमृत गुरुङको एरेन्ज गीतमा रहेको छ ।
विरेन्द्र भट्टको छायाँकन , उषा पराजुलीको सम्पादन तथा सन्जय धमलाको निर्देशन भिडियोमा रहेको छ । सिलौटि रेसोर्टको रमणीय लोकेसनमा सुट भएको “ मनपरेको फुल” गीतको भिडियोमा निराजन प्रधान र शिला थापाको अभिनय रहेको छ साथमा बाल कलाकार उइनर राईको लोभलाग्दो अभिनय रहेको छ । जसमा शिला जी को पोषाक आभुषन बुटिक बाट विशेष गरी यहि भिडियोको लागी डिजाइन गरीएको थियो।
“ मनपरेको फुल” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया