डलिङमा स्थापित हुने धुनमा लागेकी प्रतिशा रिजाल २०५५ सालमा मोरङको विराटचोकमा जन्मिएकी हुन् । उमेरले २० पुगेकी यी सुन्दरी हाल बीएड अध्ययनरत छिन् । पढाइ र मोडलिङलाई सँगसँगै अगाडि बढाइरहेकी प्रतिशा विभिन्न फेसन सोमा पनि सहभागी हुँदै आएकी छन् । उनी मोडलिङ पेसामा नै ‘रोल मोडल’ बन्न चाहन्छिन् । कोरियोग्राफीमा समेत प्रशस्त अनुभव सम्हालिसकेकी उनी नायिका केकी अधिकारीको म्युजिक भिडियोबाट प्रभावित भएको र भविष्यमा केकीजस्तै बन्ने योजना रहेको बताउँछिन् । अवसर पाएमा मोडलिङ क्षेत्रमा नै उत्कृष्टता हासिल गरी समाजसेवा गर्ने उनको लक्ष्य छ । रिजाल मोडलिङ, प्रेम, विवाह, सेक्सलगायतका विषयमा राजधानीका भवनाथ प्याकुरेलसँग यसरी खुलिन् ।

यो क्षेत्रमा किन आउनुभयो ?

डाक्टर, नर्स, पाइलट र एयर होस्टेज बनेको भए मलाई चिन्ने सीमित मानिस हुन्थे । यो पेसामा लाग्दा मलाई धेरै मानिसले चिन्ने भएकाले यस क्षेत्रमा लागेको हुँ । म यस पेसामा लागेर आफूसँगै बाबाममीलाई समेत चिनाउन चाहन्छु ।

भविष्यमा कस्तो मान्छे बन्न चाहनुहुन्छ ?

म मोडलिङ पेसामा नै रोल मोडल बनेर देश र समाजको सेवा गर्न चाहन्छु । मलाई थाहा छ, यसका लागि मैले धेरै संघर्ष गर्नुपर्छ र म त्यसका लागि अगाडि बढिरहेको छु ।

यो क्षेत्रमा आएकालाई राम्रो नजरले हेरिदैन नि ?

मानिसको नियत सही हुनुपर्छ । नियत सही भयो भने कसैले औंला उठाउन सक्दैन । त्यसैले, यो क्षेत्रमा आएका सबैलाई एकै दृष्टिकोणले हेर्नुहुँदैन ।

तपाईंका रुचि के कस्ता छन् ?

मेरो खासै त्यस्तो रुचि छैन । खानु, साथीसँग खेल्नु र रमाइलो गर्न मलाई असाध्यै मनपर्छ । परिवारसँग घुम्न पनि मलाई रमाइलो लाग्छ ।

तपाईंको स्पेसल खाना ?

मलाई आमाले बनाउनुभएकोे जस्तोसुकै खाना पनि मीठो लाग्छ । बाहिरको खाना त्यति मन पर्दैन । मलाई मनपर्ने स्पेसल खानाचाहिँ परौठा र खुवा हो ।

तपाईं विवाहित कि अविवाहित ?

म अविवाहित हुँ । अहिले विवाहबारे मैले सोचेकै छैन । तीन वर्षपछि मात्र विवाह गर्ने सोच बनाउनेछु ।

तपाईं कस्तो जीवन साथी चाहनुहुन्छ ?

म आर्थिक रूपमा सक्षम र बानी व्यवहार पनि राम्रो भएको जीवन साथी चाहन्छु । अचेलका केटाहरू घरमा श्रीमती हुँदा हुँदै बाहिर जाने गरेका छन् । त्यस्ता केटा मलाई मन पर्दैन । मलाई माया गर्ने र हलपल केयर गर्ने असल श्रीमान् होस् भन्ने चाहन्छु ।

प्रेमको अनुभव छ ?

मलाई केटासँग हुने प्रेमको अनुभव छैन । त्यसैले कुनै स्पेसल ब्वाइ फ्रेन्ड छैन । तर, केटा साथी भने प्रशस्त छन् ।

प्रेम प्रस्ताव कतिको आयो ?
मलाई भ्यालेन्टाइन डेका दिनमा फूल र लभ लेटर दिनेको सातो लिएको छु । त्यो फूल र लभ लेटर च्यातेर धुलो बनाई मुखैमा फालिदिन्थें । म राम्रो भएर होला पढ्ने बेलामा कक्षाबाहिर झ्यालमा केटाहरू झुम्मिने र जिस्काउने गर्थे । मलाई त्यस्ता केटादेखि धेरै रिस उठ्थ्यो । म वास्ता पनि गर्र्दिनथें ।

सेक्स के हो ?

सेक्स आवश्यक छ तर विवाहपछि मात्रै सेक्स गर्नुपर्छ भन्ने मेरो मान्यता हो । विवाहअघि सेक्स गर्नुहुँदैन त्यसैले मलाई सेक्सबारे खासै कुरा गर्न मन लाग्दैन । आफूले माया गरेको मान्छेसँग विश्वासले सेक्स गर्दा पछि पछुताएका धेरै केटी मैले भेटेकी छु त्यसैले पनि विवाहअघि ‘नो सेक्स’ भन्नेमा म दृढ छु ।

पैसा तिरेर सेक्स गर्नेलाई के भन्नुहुन्छ ?

इज्जतभन्दा ठूलो पैसा हुन सक्दैन । इज्जतसँग पैसाको तुलना नै गर्न मिल्दैन । यसबाहेक मलाई भन्नु केही छैन ।

राम्रो केटा देख्दा मनमा के हुन्छ ?

त्यस्तो केही लाग्दैन । राम्रो केलाई भन्ने त्यो महत्वपूर्ण कुरा हो । म खासै केटाहरूलाई वास्ता गर्दिनँ र त्यसतर्फ ध्यान पनि दिन्नँ । बाटोमा पनि म सीधा हेरेर हिँड्ने गर्छु । कसैले सही नियत राखेर बोलाउँदा बोल्छु भने गलत नियत राखेर जिस्काउँदा नबोली हिँड्छु ।

त्यसो भए कस्ता केटाहरू मन पर्दैनन् त ?

कुनै मानिस देखेपछि नै नबोलूँजस्तो लाग्छ । जिस्काउने र गलत नियत राख्ने केटाहरू पटक्कै मन पर्दैनन् । चिनेको मानिससँग बोल्ने गर्छु । नचिनेको मानिससँग बोल्दिनँ । साथीहरूले कुनै केटासँग परिचय गराइदिए भने बोल्छु ।

शारीरिक एक्सरसाइज कतिको गर्नुहुन्छ ?

म कसरत गर्दिनँ । कहिलेकाहीँ भने ब्याडमिन्टन खेल्ने गरेकी छु ।

यो क्षेत्रमा आउन केले प्रेरित ग-यो ?

मलाई केकी अधिकारीको एक्टिङ एकदमै मन पथ्र्याे । मलाई पनि यसरी नै नाच्न र एक्टिङ गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैबाट म प्रभावित भएँ र यो क्षेत्रमा प्रवेश गरें । राजधानीबाट ।

तपाईको प्रतिक्रिया