आर पोखरेल , काठमान्डाँै ।
परदेशी युवा हरुको पिडालाई समेटेर लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक किरण बावु पुन र गायिका पुर्णकला विसीको आवाजमा सजिएको लोकदोहोरी गीत ” परदेशीले पार्यो अलपत्र” गीतको भिडियो डिजिटल मिडिया मार्फत सार्वजनिक भएको छ ।
परदेशमा रहेर पनी आफनी मायालुको यादमा तडपिएको प्रेमी प्रेमिका विचको भलाकुसारी लाई गीतमा समेटिएको छ । किरण बावु पुनको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । घन कमाउने सपना बोकेर परदेशमा मेहनत गरिरहेका हजारौ नेपालीको वेदनालाई गीतमा समेटिएको छ । सागर गौत्तमको छायाँकन , रमित ओलीको सम्पादन तथा अमित बावु रोकायाको निर्देशनमा भिडियो तयार गरिएको छ । ” परदेशीले पार्यो अलपत्र” गीतको भिडियोमा सारिका केसी र मौसम हिमालीको अभिनय रहेको छ ।
” परदेशीले पार्यो अलपत्र” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया