काठमाडौं । पछिल्लो समय आफ्नो र परिवारको दैनिकी चलाउनका लागि मात्रै भए पनि नेपाली युवाहरु विदेश पलायन भइरहेका छन् । आज पनि नेपालको आधा जनसंख्या विदेशमा छ । विदेशमा श्रम गर्नको लागि गए पनी धेरैले आफुमा भएको क्षमतालाई प्रस्फुटन गर्दै आइरहेका छन् । विदेश पलायन भएका धेरै व्यक्तिहरु पछिल्लो समय गीत संगीत क्षेत्रमा उल्लेख्य रुपमा प्रगति गर्न सफल भएका छन् । यस्तै झण्डै २ वर्ष देखि दक्षिण कोरियामा मजदुरी गर्दै आइरहेका चितवन रामपुरका दिनेश गुरुङ ‘गोर्खे ब्रो’ पनि गायनका प्रवेश गर्न खोजिरहेका छन् । उनले विशेष गरेर अहिलेको युवा पुस्तामा चर्चामा रहेको र्याप विधामा आफ्ना गीतहरु दिने प्रयन्त गरिरहेका छन् । उनले भर्खरै ‘समय’ भन्ने गीत बजारमा ल्याएका छन् । यस गीत मार्फत उनले हरेक युवाको भावना समेट्न खोजेका छन् । नेपालमा युवावस्थामा हुने विकृति र खराब संगतका बारेमा गीतमा चर्चा गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया