विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको छ।

ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्। २०४१ सालमा आफूहरुको विवाह भएको उल्लेख गर्दै दिएको जाहेरीमा हेमाले २०७५ पुस ११ गते छवि र शिल्पा पोखरेलबीच विवाह भएकाले बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी छिन्।

‘बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरा विपक्षी श्रीमान् छविराज ओझा घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्ने सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिइ उपस्थित भएकी हुँ,’ हेमाले जाहेरीमा भनेकी छिन्, ‘निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजहरूलाई कानुन बमोजिम हदैसम्मको सजाय गरी पाऊँ।’

तपाईको प्रतिक्रिया