मेषः– शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला ।साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।

वृषः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । ढिला नगरि समयको सदुपयोग गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । जीवन साथीबाट सामान्य सहयोग मिल्नेछ । काममा ढिला सुस्ति गर्नु भयो भने सोचे जस्तो उपलब्धि हासिल हुने छैन । हेलचक्र्याई कुनै कुरामा नगर्नु होला ।

मिथुनः–व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।

कर्कटः– भक्तिभाव बाट मात्र कुनै काम हुने छैनन । सहज रुपमा कहि कतै केहि हुने छैन । उपलब्धिका काममा चासो कम हुनेछ । मनोरञ्जनात्मक खर्च बढ्नेछ । साथी भाईसँग भेटघाट हुनेछ । पठन पाठनमा कम ध्यान जानेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । अरुको भरमा काम नगर्नु होला विग्रिने अवस्था रहनेछ ।

सिंहः– बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

कन्याः– समग्रमा दिन अनुकुल देखिन्छ ढिला सुस्ति नगरि समयको सदुपयोग गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । आफन्त बाट पनि सहयोग पाईनेछ । आत्मविश्वास,आत्मबलमा कुनै कमि आउने छैन । धन संचितीमा वृद्धि हुनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । विरोधी आफै कमजोर बन्ने छन् ।

तुलाः– राजनिति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । विचारमा परिवर्तन आउनेछ । आर्थिक उपलब्धिका काम कम हुनेछन् । संचित धन नचलाउनु होला । आफन्तबाट कुराको सहयोग मात्र हुनेछ,कामको सहयोग खासै हुने छैन । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

धनुः–पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।

मकरः– समयमा गरेका कामबाट उचित फल मिल्नेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । थोरै प्रयत्न गर्नु भयो भने बक्यौता रकम उठ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । शैक्षिक र वैदेशिक मार्ग बढि सफल देखिन्छन । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार,व्यवसायबाट आम्दानी बढ्नेछ ।

कुम्भः– लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ ।

मिनः–समयमा क्रमिक सुधार आउनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । उपलब्धिका काम कम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सामान्य होला । सहयोगी मन खोज्नु पर्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । दानपुण्यका काम हुनेछन् ।तपाईको दिन शुभ रहोस् ।

तपाईको प्रतिक्रिया