नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ ।
यो गीतले विशेषगरी ,केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन। भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन ।राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

तपाईको प्रतिक्रिया