काठमान्डाँै ।
खानीखोला गाउपालिका वडा नम्बर ७ मिल्चे महाङ्काल काभ्रेकी बाल गायिका दृष्टी प्रधानले यस गीतको भिडियो साल्धारा अनलाइन युट्युब च्यानल मार्फत सार्वजनिक गरेकीछिन् । दृष्टी प्रधानले आफ्नो आमा शर्मिला दर्लामी प्रधानको क्यान्सर रोगको उपचारमा ससानो सहयोग पुर्याउन सकिन्छ कि भन्ने ठुलो अपेक्षा लिएर यो गीत गाएकीछिन् ।

आमा शर्मिला दर्लामी प्रधान बिगत पाँच बर्षदेखि फोक्सोको क्यान्सरबाट पिडीत छिन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकीछिन् । उपचारको क्रममा हालसम्म लाखौं खर्च भइसकेको छ । हरेक महिना केमो थेरापी दिनुपर्छ । यसको लागि एक पटकमा कम्तिमा पनि ४५ हजार खर्च हुन्छ । श्रीमानको सिमीत कमाइबाट दैनिक गुजारा चलाउन र उपचार गर्न अत्यन्तै कठिन भएको छ ।

यस म्युजिक भिडियोलाई आफ्नो सामाजिक संजालहरुमा बढीभन्दा बढी शेयर गरिदिन साल्धारा अनलाइनले अनुरोध गरेको छ । यसको पब्लिक भ्युज वापत गुगल एडसेन्सले दिन सबै रकम दृष्टी प्रधान मार्फत शर्मिला दर्लामीलाई हस्तान्तरण गरिने भएको हुँदा यस्तो सामाजिक पुण्यको कार्यमा हातेमालो गर्न सबैमा अनुरोध गरिएको छ ।

शर्मिला दर्लामी प्रधानकी श्रीमान नेत्रबिक्रम प्रधानले आफ्नी श्रीमतीको क्यान्सर उपचारमा मानविय नाताले सक्दो आर्थिक सहयोग गरि जीवन रक्षा गरिदिन सबैमा हार्दिक अनुरोध गरेकाछन् ।

हेरोै सो भिडियो

तपाईको प्रतिक्रिया