रोशन पोखरेल , काठमान्डाँै ।
सन् २०१६ साल देखि अमेरिकामा पुनरवासीत बेलडाँगी एक जि वान सेक्टरमा बस्नु हुने नेपाली भाषी भूटानीहरूको समूहको भेला निरन्तर हुदैँ आएको छ।

प्रत्येक दुई वर्षको अन्तरालमा विभिन्न राज्यहरूमा गर्दै आएको कुरा समूहका सदस्य ललित गुरूङले बताउनुभयो ।

भेला चारलोट, नर्थ क्यारोलिना राज्यबाट सुरू भै साउथ् डाकोटा हुदै यस वर्र्ष एक्रोन, ओहायो राज्यमा यहि मिती सेप्टेम्बर एक तारिकको दिन हुने भएको छ ।

भेलामा नेपाली संस्कृतिक कार्यक्रमको साथमा समाजका बयोबृद्ध, युवा युवतीहरूको उपस्थिति रहने आयोजकले बताएको छ ।

एकापसमा भेट हुने र त्यो बेला शरणागत जीवन गुजारा गर्दा भोगेका तिता(मिठा अनुभवहरू, बाल्यकालमा बिताएका अमिट यादहरू पुनर ताजगी हुने र सदैव एकापसमा माया आत्मीयता रहि रहने गुरूङले बताउनुभयो ।

व्यस्त जीवन शैलीमा हराउनु परेता पनि आफ्नो अतितलाई कहिलै बिर्सन नसकिने जीकीर गर्दै सम्पुर्णलाई उहाँले उपस्थिीतिका लागी आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया