काठमाडौं– वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनालीले वर्तमान प्रधानमन्त्री ओलीसँग प्रशासन चलाउने कुनै पनि क्षमता नभएको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका मैनालीले वर्तमान प्रधानमन्त्री केपी ओलीकै कारण गणतन्त्र र वर्तमान व्यवस्थामाथि खतरा भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले सबै कुरा जान्ने मै मात्रै हुँ भन्ने अहंकार पालेकाले र विज्ञहरुको कुरा नसुन्दा देशको अवस्था झन् झन् विग्रिदैँ गएको दावी गरे । उनले नेकपाका नेताहरु आफ्नै स्वार्थमा लिप्त हुँदा देशमा विकास हुननसकेको भ्रष्टाचार उत्कर्षमा पुगेको बताए । उनले नेकपाका शीर्ष नेताहरु कम्युनिष्ट बन्ने त परैको कुरा संस्कारिक समेत बन्ननसकेको आारोप लगाए । उनले प्रश्न गरे, एउटा नेता स्वास्थ्य उपचारमा जाँदा अर्कोले दिएको स्वास्थ्यलाभको कामना समेत ग्रहण गर्ननसक्ने यो कस्तो राजनीतिक संस्कार ? उनले यस्तो राजनीतिक संस्कार बोकेका नेताहरुबाट राष्ट्रमा विकास हुननसक्ने समेत ठोकुवा गरे । उनले वर्तमान प्रधानमन्त्री ओली महाकाली सन्धी भन्दा अघि नेपालको नेता भए पनि त्यसपछि राष्ट्रघाती भएको आरोप लगाए । उनले महाकाली सन्धीपछि केपी ओलीको आर्थिक हैसियत एकाएक उच्च बनेको आरोप लगाए । उनले हिँजो बल्ल बल्ल बसको टिकट काटेर यात्रा गर्ने केपी ओली १० जनासहित जहाज चढ्ने कसरी बने भनेर प्रश्न समेत गरे । उनले वर्तमान अवस्थाबाट मूलुकलाई पार लगाउन पूर्वराजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउनुको विकल्प नरहेको प्रष्ट पारे । उनले भने, ‘यदि पूर्व राजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउन सकेनन् भन्ने देश सिक्किमिकरण हुने निश्चित छ ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शान्तीश्री परियारको आवाजमा ‘आमा तिमिलाई’ गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको ...
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील
काठमाडौँ । इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा २ हजार ३ ८७ प्रहरी परिचालन गरिने भएको छ । प्रहरी प्रधान कार...
ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित
काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । बिहीबार फिल्मका निर्माताले धमलासँग क...
बलिवुड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री तमन्ना भाटियालाई महाराष्ट्र साइबर सेलले समन पठाएको छ । महादेव अनलाइन गेम...
वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले...
युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त
धनुषा । धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना...